विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
राष्ट्रिय समाचार समिति

असार ६, २०८३

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गुरुङ विद्यार्थीद्धारा सल्लाघरी पार्क सरसफाई

परम्परागत रहनसहनको मज्जा लिने गज्जवको गन्तव्य ‘मंसिर होमस्टे’

प्रेस चौतारी धादिङ र काभ्रेबीच अनुभव साटासाट

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

रास्वपा केन्द्रीय समितिको औपचारिक बैठक सुरु

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति