चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को औपचारिक बैठक आज यहाँ सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो ।
बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताउनुभयो । उहाँका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ । उहाँले भन्नुभयो, “यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ ।”
यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उहाँले बताउनुभयो । ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उहाँको भनाइ छ ।
विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो । यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0