परम्परागत रहनसहनको मज्जा लिने गज्जवको गन्तव्य ‘मंसिर होमस्टे’
गंगा सुनार

असार ६, २०८३

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–६ मा रहेको ‘मंसिरे होमस्टे’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । ग्रामीण परिवेश, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको अनुभव लिन यहाँ पर्यटकहरु पुग्ने गरेका छन् ।

शान्त वातावरण, हरियाली वनजंगल र पहाडी दृश्यले होमस्टे पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सतमाया गुरुङ भन्नुहुन्छ,“मंसिरे होमस्टेमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र रहनसहनको प्रत्यक्ष मजा लिन सक्नुहुन्छ ।”

धादिङको रमणीय पहाडी भूभागमा अवस्थित यस क्षेत्रबाट गाउँको सुन्दर प्राकृतिक दृश्य र स्थानीय संस्कृतिको अवलोकन गर्न सकिन्छ । मंसिरे होमस्टेमा पुग्ने पाहुनाले स्थानीय परम्परागत रहनसहन र ग्रामीण जीवनशैलीलाई नजिकबाट बुझ्न पाउँछन् । “हामी पाहुनालाई आफ्नै परम्परागत शैलीमा आदर–सत्कार गर्छौं । यहाँ आउनेले हाम्रो मौलिक संस्कृति र ग्रामीण परिवेशको छुट्टै आनन्द पाउनुहुन्छ । मंसिरेलाई धादिङकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन हामी लागिपरेका छौँ”, अध्यक्ष गुरुङले बताउनुहोस् ।

No data was found

यो होमस्टे सातकन्यादेवी आमा समूहले सञ्चालन गरेको हो । होमस्टे सञ्चालनमा आएपछि मंसिरे गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेको छ । होमस्टेमा पुग्ने पर्यटकले स्थानीय अर्गानिक परिकारको स्वाद लिन पाउँनेछन् । ग्रामीण वस्तीको स्वाद र न्यानो आतिथ्यले गर्दा पर्यटकहरु फेरि आउने बाचा गर्दै फर्किने गरेको होमस्टे सञ्चालक राज लामाले बताउनुभयो ।

पाहुनाका लागि कोदोको ढिँडो, कोदोको सेलरोटी, स्थानीय कुखुराको मासु, भटमास र गुन्द्रुकको अचार जस्ता गाउँमै उत्पादित खानपान होमस्टेको विशेषता हो । लामा भन्नुहुन्छ,“यहाँ आउने पाहुनाहरूले स्थानीय उत्पादनबाट तयार पारिएका परिकारको स्वाद लिन र ग्रामीण जीवनशैलीलाई नजिकबाट बुझ्न पाउँनुहुन्छ ।”

होमस्टेका कारण स्थानीय महिलाहरूको आयआर्जनमा समेत वृद्धि भएको छ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै मंसिरेलाई धादिङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका स्थानीयहरु लागिपरेका छन् ।

यो होमस्टेमा गोरखा, नुवाकोट, काठमाडौँ लगायत विभिन्न स्थानीय तहका पाहुनाहरू र गंगाजमुना दर्शनमा आउनुभएका भक्तजनहरू अवलोकन गर्न तथा शान्त वातावरणमा रमाउन आउने गर्छन् । कोदोको ढिँडो, कोदोको सेलरोटी, भटमास र गुन्द्रुकको अचार, रैथाने कुखुराको मासु र गाउँमै उत्पादन गरिएका खानाको स्वाद लिन मानिसहरु यहाँ पुग्ने गरेका छन् । होमस्टेमा पर्यटकहरू प्रति गरिने आदर–सत्कार पाहुनाहरूले राम्रो मान्ने र फेरि पनि अर्गानिक खाना खानका लागि आउनेछौं’ भन्दै खुसी भएर छुटिने गरेको लामाले अनुभव सुनाउनुभयो ।

सडकको पहुँच क्रमशः सुधार हुँदै जाँदा यहाँ पर्यटकको संख्या पनि बढ्दै गएको छ । होमस्टे व्यवस्थापनमा स्थानीय युवा तथा महिलाहरू सक्रिय रूपमा सहभागी भएका छन् । यसले गाउँमै युवा वर्ग र महिलाका लागि रोजगारी सिर्जना गर्न ठुलो मद्दत पुगेको स्थानीयवासीहरू बताउँछन् । होमस्टेमा आउने पाहुनाहरूलाई स्थानीय कला, संस्कृति र परम्परागत रहनसहनका बारेमा समेत जानकारी गराउने गरेको छ ।

ग्रामीण पर्यटनको विकाससँगै मंसिरे होमस्टेका कारण गंगाजमुना गाउँपालिका नै परिचित बन्दै गएको छ । मंसिरे होमस्टेमा एक घरमा पाँच जनाको दरले पाहुना राख्न सकिने व्यवस्थापन मिलाएको छ । हाल स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदायको सहकार्यमा मंसिरे होमस्टेलाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास जारी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 6

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस
गंगा सुनार