गुरुङ विद्यार्थीद्धारा सल्लाघरी पार्क सरसफाई
सम्झना श्रेष्ठ

असार ६, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–९, सल्लाघरी पार्कमा आज सरसफाई गरिएको छ । नेपाल तमु गुरुङ विद्यार्थी छोजं धी, जिल्ला कार्य समिति धादिङले विदाको दिन पारेर पार्कमा सरसफाई गरेको हो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आउजाउ बढ्दै गएको पार्कमा जथाभावी फालिएका फोहोरजन्य वस्तुहरु टिपेर पार्क क्षेत्रको वातावरण सफा, स्वच्छ र हराभरा बनाइएको छोजँ धीका प्रशान्त गुरुङले जानकारी दिनुभयो ।

सामाजिक कार्यप्रति युवा विद्यार्थीलाई जागरुक गराउने र रचनात्मक काममा नयाँ पुस्तालाई अग्रसर गराउने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको पनि गुरुङले जानकारी दिनुभयो । यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गरिरहने विद्यार्थीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

गुरुङ विद्यार्थीद्धारा सल्लाघरी पार्क सरसफाई

परम्परागत रहनसहनको मज्जा लिने गज्जवको गन्तव्य ‘मंसिर होमस्टे’

प्रेस चौतारी धादिङ र काभ्रेबीच अनुभव साटासाट

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

रास्वपा केन्द्रीय समितिको औपचारिक बैठक सुरु

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

यो पनि पढ्नुहोस
सम्झना श्रेष्ठ