अन्तरराष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
राष्ट्रिय समाचार समिति

असार ७, २०८३

काठमाडौँ। आज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस ९वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन० विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव ९संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन०लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोडिएको महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै जुन २१ लाई अन्तरराष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

राष्ट्रसङ्घका अनुसार संस्कृति समाज वा सामाजिक समूहका विशिष्ट आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूको समष्टि हो । यसले कला, साहित्य, जीवनशैली, मूल्य–मान्यता, परम्परा तथा विश्वासलाई समेटेको छ । सांस्कृतिक विविधता मानवताको साझा सम्पत्ति भएकाले वर्तमान र भावी पुस्ताको हितका लागि यसको संरक्षण, सम्मान र प्रवद्र्धन आवश्यक छ ।

महासभाले अयनोत्सव र विषुवलाई भूमि उर्वरता, कृषि तथा खाद्य उत्पादन प्रणाली, सांस्कृतिक सम्पदा र हजारौँ वर्ष पुराना परम्पराको प्रतीकका रूपमा स्वीकार गरेको छ । अयनोत्सव र विषुव उत्सवले आपसी सम्मान, शान्ति र असल छिमेकी सम्बन्धका आदर्शका आधारमा विभिन्न समुदाय र राष्ट्रबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

खगोलशास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिणतर्फ पुगेको क्षण हो । वर्षमा दुई पटक अयनोत्सव पर्छ । जुन २१ तिर पर्ने ग्रीष्म अयनान्तलाई उत्तरी गोलाद्र्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको सुरुआतका रूपमा लिइन्छ भने डिसेम्बर २१ तिर पर्ने शिशिर अयनान्तलाई सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआतका रूपमा चिनिन्छ ।

त्यसैगरी, विषुव वर्षमा दुई पटक सामान्यतः मार्च २० र सेप्टेम्बर २३ तिर पर्छ । यस समयमा दिन र रातको अवधि लगभग बराबर हुने भएकाले यसलाई ऋतु परिवर्तनको महत्वपूर्ण सङ्केत मानिन्छ ।
अयनोत्सव, विषुव तथा तिनसँग सम्बन्धित ऋतुचक्र कृषि, बाली भित्र्याउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएका छन् । यही कारण विश्वका विभिन्न संस्कृति र सभ्यताले यिनलाई विशेष पर्व, उत्सव तथा धार्मिक–सांस्कृतिक परम्परामार्फत मनाउँदै आएका छन् । राष्ट्रसङ्घले यस्ता परम्पराबाट मानव समुदायबीच समझदारी, सहिष्णुता र सांस्कृतिक संवाद अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

हास्य कलाकार खेम शर्मा “चतुरे” को निधन

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति