नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने
राष्ट्रिय समाचार समिति

असार ७, २०८३

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ।

उपराष्ट्रपति यादवले पछिल्लो समय हृदयाघात, मधुमेहलगायत दीर्घकालीन नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योग मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा सामाजिक असन्तुलन घटाउने प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।

“योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ,” शुभकामना सन्देशमा योगको महत्वबारे प्रष्ट पार्दै उहाँले भन्नुभएको छ ।

योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ र समृद्ध बनाउने महत्वपूर्ण जीवनपद्धति भएको उल्लेख गर्दै उहाँले आत्मा, शरीर र मनबीच सामञ्जस्य स्थापित गर्न योगले सहयोग गर्ने बताउनुभएको छ ।

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उपराष्ट्रपतिले “यस दिवसले हामी सबैलाई योग अभ्यासलाई जीवनशैलीमा समावेश गर्न प्रेरित गरोस् र सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित समाज निर्माणतर्फ जागरुकता फैलाओस्,” सन्देशमा भन्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

हास्य कलाकार खेम शर्मा “चतुरे” को निधन

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति