योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस
राष्ट्रिय समाचार समिति

असार ७, २०८३

काठमाडौँ। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस अवसरमा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो । विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो । योगको धेरै प्रचारप्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताउनुभयो ।
मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उहाँको भनाइ थियो ।
जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक, मानसिक, आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनुपर्ने भनाइ राख्नुभयो । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो ।
अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
विसं २०३६ माघ १ गतेदेखि मुलुकमा योग दिवस मनाउन प्रारम्भ भएको हो । दशरथ रङ्गशालामा भएको आजको कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

हास्य कलाकार खेम शर्मा “चतुरे” को निधन

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति