काठमाडौँ। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0