मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
राष्ट्रिय समाचार समिति

असार ९, २०८३

भरतपुर। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गर्नुभएको छ । मङ्गलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुग्नुभएका मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा अङ्कुर पौडेलले अस्पतालमा सिटिस्क्यान मेसिन आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । उहाँले चिकित्सक सहितको जनशक्ति व्यवस्थापन र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयले सहयोग गर्ने अपेक्षा राख्नुभयो । प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल भइरहेको सांसद ढकालले बताउनुभयो । अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले सेवा लिँदै आएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

ठगीको अभियोगमा तीन जना पक्राउ

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति