गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना
गंगा सुनार

असार ९, २०८३

धादिङ । धादिङको गल्छी र सिद्धलेक गाउँपालिकामा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप), आयोजना क्लस्टर एकाइ गोरखा अन्तर्गत गल्छी र सिद्धलेक गाउँपालिकामा सञ्चालित कार्यक्रमहरूको मंगलबार विज्ञहरुसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा दुवै गाउँपालिकामा फानसेप आयोजनाद्वारा गठित कृषक समूह र पोषण समूहमा यस वर्ष भएका गतिविधिबारे विज्ञ टोलीले किसानहरूसँग नै बसेर छलफल तथा अन्तरक्रिया गरेका छन् ।

आयोजना सञ्चालनपश्चात् गाउँघरको रूप नै फेरिएको र जीविकोपार्जनमा काम गरिरहेकोमा अहिले व्यावसायिक बन्न सहयोग पुगेको किसानहरूले बताएका छन् । कुखुरा, बाख्रा तथा गाईभैँसी पालनबाट अहिले सोचेभन्दा राम्रो आम्दानी भइरहेको गल्छी गाउँपालिका–१ सेतीदेवी कृषक समूहकी गीता मगरले बताउनुभयो ।

अनुगमनका क्रममा भेटिएका अधिकांश किसानहरूले आयोजनाले आफूहरूमा साँच्चिकै खुसी ल्याइदिएको बताएका छन् । खेतबारीमा व्यावसायिक ढङ्गबाट उत्पादन सुरु गरेको तरकारी संकलन केन्द्रमार्फत बिक्री गर्न पाएकोमा आफूहरूलाई सजिलो भएको सिद्धलेक–७ का राम गिरीले बताउनुभयो ।

‘हरेक बार खाना चार’ भन्ने भनाइमोजिम गाउँघरमा सञ्चालन गरिएको पोषण सुरक्षा कार्यक्रमले बालबालिकाको पोषण सुरक्षा र पठनसिप विकासमा सकारात्मक परिवर्तन देखिएको सिद्धलेक गाउँपालिका–६, समिटारकी इन्दिरा पुलामी मगरले बताउनुभयो ।

आयोजनाले ग्रामीण क्षेत्रको आवश्यकतालाई बुझेर आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको फानसेप आयोजना क्लस्टर एकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले बताउनुभयो । पोषण पाठशाला र घरबारी पोषण बगैँचा कार्यक्रम सञ्चालनले बालबालिका र महिलाहरूको स्वास्थ्यमा क्रमिक सुधार आएको कृषि अधिकृत संयम पण्डितले बताउनुभयो । व्यावसायिक बाख्रापालन, कुखुरापालन र दूध बिक्रीबाट ग्रामीण महिलाहरूले सिधै आम्दानी गर्न थालेको पनि कृषि अधिकृत बलदेवसिंह महरले जानकारी दिनुभयो । अनुगमनमा आयोजनाका कृषि अधिकृतहरू, पशुपालन विज्ञ, कृषि विज्ञ, पोषण विज्ञ र फिल्ड प्राविधिकहरू सहभागी थिए ।

अनुगमन टोली गाउँमा पुग्दा समूहमा आबद्ध महिलाहरूले फूलमाला पहिराएर स्वागत गरेका थिए । आयोजना गाउँमा छिरेपछि समुदायमा सकारात्मक परिवर्तनहरू देखा परेका छन् । हिजोका दिनमा परम्परागत खेतीपातीमै सीमित रहने महिलाहरू अहिले आधुनिक र व्यावसायिक कृषितर्फ अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

ठगीको अभियोगमा तीन जना पक्राउ

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

यो पनि पढ्नुहोस
गंगा सुनार