आज पनि सुनचाँदीको मूल्य घट्यो
राष्ट्रिय समाचार समिति

असार १०, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

आज पनि सुनचाँदीको मूल्य घट्यो

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति