एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन
राष्ट्रिय समाचार समिति

असार १०, २०८३

काँक्रेविहार (सुर्खेत) ।  कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४  राजस्व जम्मा गरेको बताउनुभयो ।
रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले रु तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले रु एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।
कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ ।
सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म रु २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो ।
सुर्खेतले रु २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले रु दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले रु ७३ लाख ६५ हजार सङ्कलन गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

आज पनि सुनचाँदीको मूल्य घट्यो

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति