ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन
राष्ट्रिय समाचार समिति

असार ११, २०८३

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भारतीय नागरिक पक्राउ

सुनचाँदी दुवैको मूल्य घट्यो

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

तातो हावाको लहर कायमै रहने सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति