सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
राष्ट्रिय समाचार समिति

असार ११, २०८३

बागमती। हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३र ८४ को नीति तथा कार्यक्रममा उमहानगरपालिकाले सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गरिने उल्लेख गर्दै नगरको २०० बिघा क्षेत्रफलमा ड्रागन तथा मेवाखेतीमा लगानी विस्तार गरिने जनाएको छ ।

कृषितर्फ आधुनिक प्रविधि, सिँचाइ विस्तार, उन्नत बीउ तथा समुचित मलको प्रयोगलाई प्राथमिकता दिई उत्पादन, उत्पादकत्व वृद्धि तथा लागतमा न्यूनीकरण गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताउनुुभयो ।

किसान सूचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन सम्पन्न गरी ‘कृषि तथा पशुजन्य वस्तुको उत्पादन, कृषकको पहिचान’ भन्ने मूल नाराका साथ कृषकको वर्गीकरण गरी कृषक पहिचानसहित परिचयपत्र वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

जेनजीलाई उत्पादन तथा आयआर्जनमा जोड्नका लागि युवा लक्षित कृषि कार्यक्रममार्फत युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नमूना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै जैविकखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउने उपमहानगरपालिकाको योजना छ ।

तरकारी तथा फलफूल उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गर्न कृषक समूह तथा कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन, एभोकाडोलगायतका फलफूलको क्षेत्र विस्तारका कार्यक्रमअन्तर्गत ‘बारीदेखि बजारसम्म’को नीति अवलम्बन गरिने नगरप्रमुख लामाले बताउनुुभयो । ‘इज्जतको कमाइ कोषमार्फत’ महिला किसान प्रोत्साहन कार्यक्रम महिला कृषकको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भारतीय नागरिक पक्राउ

सुनचाँदी दुवैको मूल्य घट्यो

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

तातो हावाको लहर कायमै रहने सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति