काठमाडौँ । स्थानीय आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला रु दुई लाख ७९ हजार १०० र एक तोला चाँदीको मोल रु चार हजार १८० निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1