रास्वपा महाधिवेशन : उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन
राष्ट्रिय समाचार समिति

असार १२, २०८३

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ । अन्य पदका लागि भने आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास सफल नभएमा निर्वाचन हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावली विवरणअनुसार एक महिला उपसभापति पदमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, एक महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेको छ । रास्वपा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको हो ।
दुई सहमहामन्त्री पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा रमेश प्रसार्इं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, एक महिला सहमहामन्त्री पदमा जु्ली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मासहित पाँच जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत खुलातर्फ पार्टीको उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढीको उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको सो पार्टीले जनाएको छ ।
यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।
यसैबीच महामन्त्री पदमा उम्मेदवारी दिएका पार्टीका निवर्तमान महामन्त्री बुर्लाकोटी र नवनिर्वाचित केन्द्रीय सदस्य जगदीश खरेल ९ललितपुर०ले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
पार्टी निर्वाचन आयोगकका प्रमुख भुवन केसीले पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको तर आयोगका तर्फबाट भने आवश्यक तयारी भइरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङका नवउद्यमीहरूलाई व्यवसाय संवर्द्वन सेवा तालिम

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक राईलाई

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति