नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
राष्ट्रिय समाचार समिति

असार १२, २०८३

काठमाडौँ। धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अङ्कले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।
कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै,  ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४र८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।
नेप्सेका अनुसार, स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिवेञ्चर २०८९र९०  र  एनएमबी डिवेञ्चर –२०९० का लगानीकर्ताले कमाएका छन् ।
यस्तै, कालिका लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,एनआइसी एशिया ऋणपत्र २०८०,सोपान फर्मासिटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङका नवउद्यमीहरूलाई व्यवसाय संवर्द्वन सेवा तालिम

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक राईलाई

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति