‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक राईलाई
राष्ट्रिय समाचार समिति

असार १२, २०८३

काठमाडौँ। मदन भण्डारी फाउन्डेसनले २०८२ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गर्ने भएको छ ।

इलामको सूर्योदय नगरपालिका–११, केराबारीमा जन्मनुभएका अनुसन्धानकर्ता राईकृत मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल’लाई रु दुई लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कार्यवाहक सचिव डा भेषराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही असार १४ गते जननेता भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहित पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङका नवउद्यमीहरूलाई व्यवसाय संवर्द्वन सेवा तालिम

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक राईलाई

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति