मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने
राष्ट्रिय समाचार समिति

असार १३, २०८३

काठमाडौँ। कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ । उहाँका अनुसार आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भोलि आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा तगा कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ । सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।
सोमबारदेखि भने वर्षा थप बढ्नेछ । सोमबार देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।  कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि आउने विभागले जनाएको छ । सोमबार रातिदेखि भने थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
एकजना मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्ममा मनसुन थप सक्रिय भई असार १६ देखि १८ गतेसम्ममा भारी वर्षा गराई रोपाइँको वातावरण बनाउने जनाइएको छ । सोमबारपछि भने पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्ष गराउने उहाँले जानकारी गराउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

लागूऔषधसहित १४ जना पक्राउ

छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति