‘अविरल जनसाहित्य यात्रा’
राष्ट्रिय समाचार समिति

असार १४, २०८३

काठमाडौँ। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक सङ्घको ‘अविरल जनसाहित्य यात्रा–११०’ मा कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता प्रस्तुत भएका छन् ।

कवि बास्तोलाले ‘त्रिशूलीमा गिटी कुट्नेहरू’, ‘घाम’, ‘सालिक’ ‘नदेख अपूरा सपना’, ‘ओडारे माइलाका भोका सपनाहरू’ शीर्षकका गद्यकविता र एउटा गजल गरी छओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गर्नुभयो ।

उहाँका अन्य कविताहरु सहयोगी कविहरुले वाचन गर्नुभयो । कवि डा।नवराज रिजालले ‘विश्वास भत्केको वेलामा’ शीर्षकको, कवि गणेशकुमार मिश्रले ‘कैशाङ र तीनपाने’ शर्षिकको, कवि त्रिलोचन आचार्यले ‘के दोष थियो सिंहदरवारको १’ शीर्षकको, कवि विकल त्यागीले ‘गजल’, कवि बोधराज पौडेलले ‘तमसुक’ शीर्षकको र रोजु गौतमले ‘गजल’ त्यत्तिकै सुन्दर, सशक्त कविताहरू र गजल वाचन गर्नुभएको थियो ।

No data was found

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आरएम डङ्गोलले बास्तोला कवितामा गाउँ र सहरको तुलना गरिएको छ । हार्दिकतामा गाउँ अगाडि रहेको निष्कर्ष निकालिएको छ बताउनुभयो ।

बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह २०५८, ‘घाम हराएको दिन’ गजलसङ्ग्रह २०६१, ‘बन्दुकको छायाँ’ कथासङ्ग्रह २०६७, ‘हिमाल–पहाडका कथा’ सङ्कलित कथासङ्ग्रह २०७१, ‘भोका सपनाहरू’ कवितासङ्ग्रह २०७८ र ‘रगतको मूल्य’ कथासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित छन् ।

कार्यक्रममा कवि खेमराज निरौलाले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने नमूना शर्माले मदन भण्डारीद्वारा लिखित गीत गाउनुभएको थियो ।

यसैगरी, प्रा डा हेमनाथ पौडेलले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने प्रा डा बद्रीविशाल पोखरेलले मदन भण्डारीको व्यक्तित्व र योगदानको चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति