प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
राष्ट्रिय समाचार समिति

असार १४, २०८३

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभयो । सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राख्नुभएको संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दुध बेचेरै आत्मनिर्भर बन्दै नयाँबारीका महिला

संस्कृति जगेर्ना गर्न धादिङमा हलगोरु नारेर सामूहिक रोपाइँ

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति