संस्कृति जगेर्ना गर्न धादिङमा हलगोरु नारेर सामूहिक रोपाइँ
पाविलन्युज

असार १४, २०८३

धादिङ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा धादिङको सिद्धलेक गाउँपालिका–५ सुकौराबेसीका स्थानीयले हलगोरु नारेर सामूहिक रोपाइँ गरेका छन् ।

पशुपालनलाई बढावा दिने, परम्परागत रैथाने शैली बचाईराख्ने उद्देश्यले वडाभरीमा किसानहरु एकैठाउँमा जम्मा भएर सामुहिक रुपमा असारे धान रापाई गरेका हुन् । सिद्धलेक गाउँपालिका–५ को वडा कार्यालय र बाग्बच्छला मन्दिर विकास एवं पर्यटन प्रवद्र्धन समितिको संयुक्त पहलमा बाग्बच्छला देवीको १० रोपनी गुठी जग्गामा सामूहिक रोपाइँ गरिएको हो ।

गाउँघरमा हलगोरुको प्रयोग गरेर रोपाइँ गर्ने रैथाने चलन हराउँदै गएका बेला आफ्नो परम्परागत शैली बचाईराख्न गोरुकै प्रयोग गरेर धान रोपाइँ गरिएका बाग्बच्छला मन्दिर विकास एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष बुद्ध गुरुङले बताउनुभयो । “हाम्रो मुख्य उद्देश्य लोप हुँदै गएको रैथाने संस्कार र संस्कृतिको जगेर्ना गर्नु नै हो” उहाँले भन्नुभयो, “बाँझो बस्ने अवस्थामा पुगेको मन्दिरको गुठी खेतमा हलगोरुको प्रयोग गरेर सामूहिक रोपाइँ गरिएको हो ।”

परम्परागत खेती प्रणालीको संरक्षण र नयाँ पुस्तालाई आफ्नो रैथाने संस्कृतिबारे बुझाउन पनि गोरुकै प्रयोग गरेर सामुहिक खेती गरिएको स्थानीय शिक्षक समेत रहुनुभएका किसान दिलबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्ताका बालबालिकालाई गोरु कसरी जोत्ने, हलो–जुवा कस्तो हुन्छ र ढिकी–जाँतो के हो भन्ने कुरा थाहा छैन, हाम्रो यस्तो परम्परागत संस्कारको जगेर्ना गर्न र उनीहरूलाई सिकाउनका लागि हामीले गोरुकै प्रयोग गरेर रोपाइँ गरेका हौँ ।”

विषेशगरी कुम्पुर, बच्छला, कम्राङ, एख्लाङ, चेपे, चेउवाङलगायत गाउँका किसानहरूले मौलिक परम्परा अनुसार पञ्चेबाजा बजाएर रमाइलो गर्दै हिलोआली गर्ने र धान रोप्ने काम गरेका थिए । नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको सन्दर्भमा धादिङका स्थानीयले सामूहिक रूपमा रैथाने शैली र मौलिक संस्कृति संरक्षणको सन्देश दिएका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

दुध बेचेरै आत्मनिर्भर बन्दै नयाँबारीका महिला

संस्कृति जगेर्ना गर्न धादिङमा हलगोरु नारेर सामूहिक रोपाइँ

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

यो पनि पढ्नुहोस
पाविलन्युज