ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
राष्ट्रिय समाचार समिति

असार १४, २०८३

बागमती। बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ ।
हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपवमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।
स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको रेग्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

दुध बेचेरै आत्मनिर्भर बन्दै नयाँबारीका महिला

संस्कृति जगेर्ना गर्न धादिङमा हलगोरु नारेर सामूहिक रोपाइँ

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति