जिल्लामा धानखेती हुने क्षेत्रफल बढ्यो
राष्ट्रिय समाचार समिति

असार १५, २०८३

चितवन। जिल्लामा धान ‘जोन’को क्षेफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो ।
एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ ।
जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो । गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
कार्यालयले धान जोनका लागि ११ वटा धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा हाल पाँचदेखि सात प्रतिशत धान रोपाइँ भएको छ । कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार गत वर्ष यो समयमा १० देखि १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको थियो । धान रोप्न पुग्ने गरी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको उहाँले बताउनुभयो । धेरै क्षेत्रफलमा धान रोपाइँको तयारी गरिएको भन्दै उहाँले अब चाँडै किसना धान रोप्न लाग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति