मन्त्री रावल र मुख्यमन्त्री यादवबीच  छलफल
राष्ट्रिय समाचार समिति

असार १६, २०८३

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य  चुनौतीका विषयमा  छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे  जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा  प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिनुभयो ।
टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण सङ्कलन गरेको थियो ।
स्थानीय तहका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री रावलले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताउनुभयो । छलफलमा मन्त्रालयका सचिव, सहसचिव, प्रतिनिधिसभा सदस्य रहबर अन्सारीलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धादिङमा लागुपदार्थ सेवन गरी सवारी चलाउने सात जना पक्राउ

पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति