शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त
राष्ट्रिय समाचार समिति

असार १७, २०८३

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त हुनुभएको छ ।

शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका झा शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यसअघि झा काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गर्नुभएको थियो ।

झाले ‘टिचर्स फर नेपाल’मा सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा करिब आठ वर्ष काम गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । झा बिआइटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति