शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
राष्ट्रिय समाचार समिति

असार १८, २०८३

काठमाडौँ। शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारीसमा समस्या सम्बोधन गरिने जानकारी दिनुभयो ।
मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्य समिति गठन गर्नुभएको छ । कार्यदलले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको  मार्गचित्र तयार पारी समाधानका उपाय एवम तरिका मन्त्री समक्ष सिफारिस गर्नु पर्नेछ ।
वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकाले निकुञ्जबाट विस्थापित परिवारहरुको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तपोवनमा ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’

अनुमति बिना स्टिकरको प्रयोग निषेध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति