काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0