News Summary
Generated by FlyUp AI. Editorially reviewed.- सरकारले १०० दिने कार्यअवधिमा मन्त्रालयहरुको संख्या घटाएर १८ कायम गरेको रास्वपा चुनावी बाचापत्र अनुसार बताएको छ, जसले वार्षिक लगभग २० अर्ब बचत हुने अनुमान छ।
- संरचना खारेजी, समायोजन र राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी संगठनका खारेजी जस्ता सुधारमार्फत खर्च कटौती र कार्यक्षमता वृद्धि गर्ने प्रस्टाउँदै प्रवक्ता ने बताउनुभयो।
- सञ्चारकर्ममा सुरक्षा, उद्धार वा खोजी कार्यसम्बन्धी विवरण छैन; यस उपलब्धिले मात्रै बजेट बचत र संरचनागत सुधार संकेत गरेको छ।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो ।
यसैगरी उहाँले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0