‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक
राष्ट्रिय समाचार समिति

असार २०, २०८३

News Summary

Generated by FlyUp AI. Editorially reviewed.
  • भक्तपुर नगरपालिकाले प्रकाशित गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन भयो; विविध सञ्चारमाध्यममा भक्तपुरबारे प्रकाशित समाचारहरूको सँगालो समेटिएको छ।
  • कार्यक्रममा प्रधान सचिव प्रेम सुवालले आत्मप्रशंसाभन्दा रचनात्मक आलोचनाले सुधार हुने भन्दै पत्रकारको दृष्टिकोणबाट भक्तपुरका विषयहरू समेटिनु सकारात्मक कदम हो भन्नुभयो।
  • प्रमुख सुनील प्रजापतले सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको दस्तावेजीकरणका रुपमा पुस्तक राखिएको र शैक्षिक सफलता सम्बन्धी पनि जानकारी उपलब्ध गराएको बताउनुभयो।
भक्तपुर। भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन गरेको छ । आज भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ‘सञ्चारमाध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तकमा राष्ट्रिय समाचार समिति (रासस)लगायत विभिन्न सञ्चारमाध्यमले भक्तपुर नगरपालिकाबारे प्रकाशित गरेको विभिन्न समाचारको सँगालो रहेको छ । सचिव सुवालले आत्मप्रशंसाभन्दा रचनात्मक आलोचनाले सुधार गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै पुस्तकमा पत्रकारको दृष्टिकोणबाट भक्तपुरका विविध विषय समेटिनु आफैँमा भक्तपुरका लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।
भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले युरोपको भेटिकन सिटी जस्तै योजनाबद्ध ढङ्गले भक्तपुरको संरक्षण र विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकमा यहाँका पत्रकारहरूले आफू कार्यरत सञ्चारमाध्यममा प्रकाशित गरेका समाचारको सँगालो दस्तावेजीकरणका रुपमा राखेको बताउनुभयो । उहाँले यस वर्षको एसइई नतिजाले भक्तपुरको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको बताउँदै यस वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट १३ जना विद्यार्थीले ४।० जिपिए प्राप्त गरेको र सातवटा विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ४।०० जिपिए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका ११ जना विद्यार्थीलाई सम्मान गरिएको बताउनुभयो । पुस्तकमाथि भक्तपुर नगरपालिका–५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छें, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकबारे समीक्षा प्रस्तुत गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति