मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
राष्ट्रिय समाचार समिति

असार २२, २०८३

काठमाडौँ।  इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
इङ्ग्ल्यान्डको जितमा  जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।
इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए ।
इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीको क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति