असार तेश्रो सातासम्म धादिङमा २० प्रतिशत मात्र रोपाइँ
गंगा सुनार

असार २२, २०८३

धादिङ । असारको तेस्रो सातासम्म धादिङमा २२ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

मौसमी प्रभाव र पानीको अभावका कारण समयमा रोपाइँ हुन नसकेको हो । जिल्लाभर ११ हजार एक सय ५९ हेक्टरमा धान रोपाइँ हुने भएपनि हालसम्म दुई हजार चार सय ५४ हेक्टरमा रोपाइँ भएको कृषि विकास कार्यालय धादिङका कृषि अर्थ विज्ञ अधिकृत प्रेम बहादुर कुँवरले जानकारी दिनुभयो ।

जिल्लाका १३ ओटै पालिकामा रोपाइँ सुरु भएको छ, तर प्रयाप्त पानी नपरेकाले खोलाखेत बाहेक अन्यत्र रोपाइँ हुन सकेको छैन । खेतमा लगाएको मकै लगायतको बाली नपाकेकोले पनि रोपाइँमा ढिलाइँ भइरहेको अधिकृत प्रेम बहादुर कुँवरको भनाई छ ।

No data was found

धादिङको पहाडी क्षेत्रमा रैथाने धान र खोलाको पानी लाग्ने खेतहरुमा युएस ३१२, मनभोग, राजभोग, कालोकोठे, सावित्री, मसिनालगायतका धान खेती हुदै आएको छ । पछिल्लो वर्षहरुमा धेरै उत्पादन दिने हाईब्रिड धानप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

“धानका जात अनुसार प्रतिहेक्टर औषतमा ४.२ मेट्रिकटन उत्पादन हुने भएपनि हाईब्रिड धान (एडिभि) प्रतिहेक्टर ६.३३ मेट्रिक टनसम्म उत्पादन हुन्छ”, कुँवरले भन्नुहुन्छ“उत्पादन धेरै हुने भएकाले किसानको रोजाइमा हाइब्रिड नै पर्ने गरेको छ ।”

कृषि विकास कार्यालयले किसानहरुले लगाएको बालीमा रोग किराको समस्या देखापर्ने वित्तिकै खेतबारीमा नै पुगेर प्राविधिक सल्लाह दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
गंगा सुनार