वर्षाले सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
राष्ट्रिय समाचार समिति

असार २२, २०८३

काठमाडौँ। मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।

“उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ । सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ । त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ ।
“मनसुनी हावाको प्रभाव देशैभर छ । तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक–दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ । धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भन्नुभयो ।

विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

वर्षाले सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा छः मन्त्री पोखरेल

असार तेश्रो सातासम्म धादिङमा २० प्रतिशत मात्र रोपाइँ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति