नीलकण्ठ नगरपालिकाद्धारा पन्चेबाजासहित सामाग्री वितरण
सम्बाददाता

असार २३, २०८३

धादिङ । नीलकण्ठ नगरपालिका–८, ससाह ज्यामिरेका स्थानीय बासिन्दाहरूलाई विभिन्न वाद्यवादन तथा सांस्कृतिक सामग्री उपलब्ध गराइएको छ ।

स्थानीय कला र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले पञ्चेबाजा, मादल तथा परम्परागत सांस्कृतिक भेषभुषाहरू उपलब्ध गराएको हो । यसका साथै, स्थानीय नागरिकहरूको शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई ध्यानमा राख्दै व्यायामसामग्रीहरू समेत वितरण गराएको छ ।

आधुनिकताका नाममा हाम्रा रैथाने कला, संस्कृति र बाजाहरू हराउँदै जान थालेकाले त्यसको संरक्षण गर्न सामग्री सहयोग गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न र यसको व्यावसायिक संरक्षण गर्न सहयोग पुग्ने ढंगानाले बताउनुभयो ।

No data was found

उपलब्ध गराइएका सामग्रीहरूको सही सदुपयोग गरी आफ्नो परम्परालाई जीवन्त राख्न आग्रह गर्नुभएको छ । नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यायाम सामग्रीहरू पनि प्रदान गरिएको र आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप विस्तार गरिने नगर प्रमुख ढुंगानाको भनाई छ ।

सहयोगले गाउँमा हुने विभिन्न उत्सव, चाडपर्व र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्न थप सहज हुने स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस
सम्बाददाता