प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै
राष्ट्रिय समाचार समिति

असार २४, २०८३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार–निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिनुभयो ।

बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र महासङ्घकोे उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ (सिएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसिसी)का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग पहिलोपटक औपचारिक रूपमा आज संवाद गर्दै हुनुहन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नयाँ मुख्यसचिवमा कार्की नियुक्त

प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

तुइन खोलामा पहिरो रोकथाम सुरु

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति