काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको सेतो धातु ९चाँदी०को मूल्य रु चार हजार ५०० कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0