काठमाडौँ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त)ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उजुरी आह्वानका लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।
समितिले आगामी साउन ५ गते अर्को बैठक बसी उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0