राष्ट्रियसभाः ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
राष्ट्रिय समाचार समिति

असार २५, २०८३

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सदस्य वासुदेव घिमिरेले भाग लिँदै आफूहरूका संशोधनलाई स्वीकार गरेकामा सरकारलाई धन्यवाद दिनुभयो ।
अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समय सीमाको चापका बीच छोटो अवधिमा छलफलपश्चात् आजै अध्यादेशलाई प्रतिस्थापनसम्बन्धी चार र बजेटसम्बन्धी आश्रित दुई विधेयक पारित गर्न सकिएकामा सम्बन्धित मन्त्री, समितिका सदस्य र सबै सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । सभाको अर्को बैठक यही असार २६ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति