ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो स् प्रधानमन्त्री शाह
राष्ट्रिय समाचार समिति

असार २६, २०८३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था  इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवद्र्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो ।
उहाँले नेपालमा उर्जा उत्पादन तथा प्रवद्र्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरुलाई दिनुभएको थियो ।
त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत् विकास, उर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवद्र्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा इपानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता लगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।
साथै प्रधानमन्त्री शाहसँग लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि आवश्यक छलफल भएको थियो ।
त्यस छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी सो छलफलमा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरु हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुनजन्य विपद् प्रतिकार्यका लागि धादिङमा आपतकालिन योजना तयार

धादिङमा वन कार्यालयले बाड्यो एक वर्षमा झण्डै एक लाख बिरुवा

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति