नेप्से परिसूचक झिनो अङ्कले घट्यो
राष्ट्रिय समाचार समिति

असार २६, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार छ सय दशमलव ६८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ५८ अङ्कले ओरालो लागेर चार सय ५३ दशमलव ६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव १५ अङ्कले एक सय ७८ दशमलव ५२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५३ दशमलव ४७ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर रु छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।

No data was found

आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो । आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति