प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’
राष्ट्रिय समाचार समिति

असार २६, २०८३

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले गणेश नेपालीको आत्मदाह प्रयासपछि निधन भएको विषयमा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।
आजको बैठकमा समय लिएर सांसद महेन्द्रबहादुर शाहीले नेपालीले आत्मदाहको प्रयास गर्नुको कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । दैलेखको शान्तिगडा दुर्घटनामा परी निधन भएकाको १८ दिनपछि शव प्राप्त भएको जनाउँदै उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद कलावती शर्माले भुटानी नागरिक विदेशबाट आएर पनि बास पाएकामा नेपालका सुकुमवासीले भने आफ्नै देशमा बास नपाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद साजिदा खातुन सिद्धिकीले बिहीबार त्रिपुरेश्वरमा भएको गणेश नेपालीको आत्मदाहको घटनापछि आमनागरिकमा मनोसामाजिक अवस्था खस्किएको देखाउने भन्दै यसतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद बिना गुरुङले घान्द्रुकसहित पर्यटकीयस्थलमा पर्यटकको आवागमन पूर्ण रूपमा ठप्प भएकाले पदमार्ग खोल्न माग गर्नुभयो । सांसद जगदीश खरेलले गणेश नेपालीको आत्मदाहको घटनाको सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा लक्ष्मीप्रसाद पोखरेल, गङ्गालक्ष्मी अवाल, सीता थपलियालगायत सांसदहरूले गणेश नेपाली आत्मदाह घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुनजन्य विपद् प्रतिकार्यका लागि धादिङमा आपतकालिन योजना तयार

धादिङमा वन कार्यालयले बाड्यो एक वर्षमा झण्डै एक लाख बिरुवा

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति