प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय समाचार समिति

असार २६, २०८३

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य गणेश नेपालीको निधनको छानबिनदेखि लिएर किसानलाई मलको व्यवस्थासम्मका विषयमा उनीहरूले सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद जोगकुमार बरबरिया यादवले देशभरका किसान मलखाद नपाएर चिन्तित भएका बताउनुभयो । सांसद टेकबहादुर शाक्यले पनि सोही विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

सांसद चन्द्रमोहन यादवले मुगुका युवक गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशमा निराशाजन अवस्था सिर्जना भएकोप्रति मौन रहेर विरोध गराउनुभयो ।

सांसद जगत्प्रसाद जोशीले नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो भने अर्का सांसद जनकराज गिरीले सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले सदनमा आएर सांसदले उठाएका सवालको जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सांसद जनकसिंह धामीले बेलौरी भन्सार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सांसद झविलाल डुमे्रले स्याङ्जाका अधिकांश भेगमा विद्युत् सेवा नियमित नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद टुकाभद्र हमालले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजका परिवारलाई राहत प्रदान गर्न माग गर्नुभयो ।

सांसद तारा विश्वकर्माले लामोसमयदेखि गोदावरी नगरपालिकामा पाचाखर्चस्थित १५० घरपरिवार रोजगारीका लागि घर छोडेनुपर्ने अवस्था सृजना भएकोमा दुःख व्यक्त गर्नुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पामा बत्ती, फोरजीजस्ता आधारभूत सेवा उपलब्ध गराउन सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद धर्मराज केसीले लमजुङका ग्रामीण सडक निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद धु्रवराज राईले कर्णालीको गरिब गणेश नेपालीको घटनाबाट जरिवाना तिराउने परिपाटीप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सांसद निश्कल राईले इलामकी मञ्जु तामाङ मलेसियामा मृत्यु भएको घटनाको छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल हुनुपर्ने बताउनुभयो ।

सांसद मीनुकुमारी कर्णले श्रमिक युवा गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षा, स्वास्थ्य तथा विद्युत्मा गरिएको करको व्यवस्थाले नेपाली जनता पीडित भएका बताउनुभयो ।

सांसद पवित्रा विकले गरिब जनतालाई पनि सरकारले हेर्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाशचन्द्र परियारले गणेश नेपालीको निधनबाट सदन मर्माहत भएको भन्दै यो घटनाको राज्यले छानबिन गरी क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्छ भन्नुभयो ।

सांसद परशुराम तामाङले भोजपुरवासीले सडक निर्माणको माग गरेकाले त्यसतर्फ गम्भीर हुन सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो ।

सांसद पुष्पाकुमारी चौधरीले नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०-०८१ मा सातहजार दुई २३ आत्महत्या गरेका जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण त्यसो गरिएको हुनसक्ने तर्क गर्दै उहाँले गरिब जनतालाई पनि उनीहरूको भरणपोषणमा राज्यले सघाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुनजन्य विपद् प्रतिकार्यका लागि धादिङमा आपतकालिन योजना तयार

धादिङमा वन कार्यालयले बाड्यो एक वर्षमा झण्डै एक लाख बिरुवा

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति