मनसुनजन्य विपद् प्रतिकार्यका लागि धादिङमा आपतकालिन योजना तयार
सम्झना श्रेष्ठ

असार २६, २०८३

धादिङ । मनसुन सक्रिय हुन थालेसँगै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति धादिङले ‘मनसुन आपतकालिन योजना २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि साविकको पूर्वतयारी योजनालाई परिमार्जन गर्दै विपद् प्रतिकार्यका लागि जिल्लास्थित सम्बद्ध सबै निकाय, जनशक्ति र स्रोतसाधनलाई उच्च सतर्कतामा राख्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो ।

बैठकले मनसुनजन्य विपद्का समयमा हुनसक्ने क्षतिलाई कम गर्न र घटनालगत्तै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय र विषयगत क्षेत्रगत समूहहरूलाई आ–आफ्नो योजनासहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
विपद्को समयमा र विपद् पश्चात् पनि जिल्लाभर अत्यावश्यक सेवा तथा सामग्रीको अभाव हुन नदिन सेवा प्रदायक कार्यालय र स्थानीय व्यवसायीहरूलाई समेत सतर्क गराइएको छ । विपद्जन्य घटनाको तत्काल जानकारी दिन, लिन र उद्धारमा समन्वय गर्न नेपाल सरकारले तोकेको टोल फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० लाई राजमार्ग तथा जोखिमयुक्त क्षेत्रहरूमा व्यापक प्रचारप्रसार गरिने समितिले जनाएको छ ।

No data was found

पहिरोका कारण क्षति पुगेको धादिङबेशी–धुवाकोट हुँदै नेत्रावती गाउँपालिका जोड्ने सडकखण्डको मर्मत सम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय हेटौंडालाई अनुरोध गर्ने र वर्षा तथा हावाहुरीका कारण अवरुद्ध हुनसक्ने विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले धुनिबेशी नगरपालिकामा रहेको कित्ता नम्बर १७० को जग्गामध्ये वृद्धाश्रम भवनसँग जोडिएको निश्चित भूभाग विपद्कालमा प्रयोग गर्न आवश्यक नपर्ने निष्कर्ष निकाल्दै उक्त जग्गा वृद्धाश्रमकै प्रयोजनका लागि लिजमा दिन सिफारिस समेत गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
सम्झना श्रेष्ठ