ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी
राष्ट्रिय समाचार समिति

असार २८, २०८३

काठमाडौँ।  ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी हुनुभएको छ ।
परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गर्नुभएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गर्नुभएको थियो ।
परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ ९दावा० तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ ।
महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गर्नुभयो ।
कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया ९श्रेष्ठ० विजयी हुनुभएको निर्वाचन अधिकृत पङ्गेनीले बताउनुभयो ।
यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान ९श्रेष्ठ०, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी हुनुभएको छ ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।
उहाँले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

धादिङको थोपल खोलामा १३ वर्षीया बालिका मृत फेला

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति