‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’
राष्ट्रिय समाचार समिति

असार २८, २०८३

काठमाडौँ। नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्र्ण रहेको छ । आदिकवी भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङमय प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुर छाँगा स्मृति समाज, शताब्दी साहित्य प्रतिष्ठानले टोखास्थित एसिया प्यासिफिक विद्यालयमा आयोजना गरेको कार्यक्रमका वक्ताले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान आज पनि सान्दर्भिक भएको बताएका हुन् ।

वरिष्ठ साहित्यकार प्राडा शैलेन्दुप्रकाश नेपालले नेपाली भाषालाई जनसाधारणको पहुँचमा पु¥याउने तथा साहित्यिक अभिव्यक्तिलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको बताउनुभयो । प्रा डा नेपालले भानुभक्तले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । भानुभक्तका कृतिले नेपाली साहित्यको जग बलियो बनाउनुका साथै पछिल्ला पुस्ताका स्रष्टालाई सिर्जनशील बन्न प्रेरणा दिएको उहाँको भनाइ थियो ।

प्राडा सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तको कृतिलाई चिनाउनका लागि मोतिराम भट्टले भूमिका खेलेको उल्लेख गर्नुभयो ।

No data was found

प्राडा भागवत ढकालले पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेर विशाल मुलुक निर्माण गरेजस्तै भानुभक्तले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले नेपालमा भात्र नभई भारत, भुटान र वर्मामा भानुभक्तलाई उत्तिकै आदरसत्कार गर्ने गरेको उल्लेख गर्नुभयो ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान सदैव स्मरणीय रहने बताउनुभयो । उहाँले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको बताउनुभयो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीराम्घामा जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आमजनतामाझ पु¥याउनुभएको थियो । भानुभक्तले रामायणका अतिरिक्त भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा लगायतका कृतिमार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो । उहाँका रचनाहरू सरल भाषा, मिठासपूर्ण शैली तथा जनजीवनसँग निकट भएकाले नेपाली साहित्यमा विशेष स्थान ओगट्न सफल भएका छन् ।

कार्यक्रममा ८७ वर्षीया मेनका पौडेलद्वारा लिखित ‘मेरा चौरासी वर्ष’ कृति लोकार्पण गरिएको थियो । लमजुङको सुन्दरबजार नगरपालिका दुराडाँडा स्थायी घर भएकी पौडेलले ८४ वर्षसम्म भोगेका भोगाइलाई समेटिएर तयार पारेको उक्त पुस्तक भानुजयन्तीका अवसरमा विमोचन गरिएको हो ।

कार्यक्रममा लोककलाकार शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै एशिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तद्धारा रचित कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति