आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल
राष्ट्रिय समाचार समिति

असार २९, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’मा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गर्नुभएको उल्लेख गर्नुभयो ।

“जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो”, उहाँले भन्नुभयो ।

No data was found

उहाँले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’को रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गर्नुभयो । संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उहाँको भनाई थियो ।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

तनहुँको चुँदीमा जन्मिनुभएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । उहाँले भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभयो ।

नेपाली शिक्षा परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना भएको भानुभक्तको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गर्ने र भानु जयन्ती मनाउने गरिएको छ । विसं २०१६ मा स्थापना भएको उक्त प्रतिमाको तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति