नेपाल बिमा प्राधिकरणसँग छलफल
राष्ट्रिय समाचार समिति

असार ३०, २०८३

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।
बिमा क्षेत्रको नियमनमा नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र कम्पनीका तीन वर्षको कार्य सम्पादन स्थिति र कार्य सम्पादनको लागि बिमा प्राधिकरणको पहलकदमीबारे जानकारी लिएको छ ।
समितिका सचिव लक्ष्मण अर्यालले बैठकमा भएको छलफल र सांसदले उठाएका विचारको विस्तृत प्रतिवेदन तयार पारी १० दिनभित्र समितिलाई बुझाउन समितिका सभापति डा कृष्णहरि बुढाथोकीबाट निर्देशन भएको  बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति