राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
राष्ट्रिय समाचार समिति

असार ३०, २०८३

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः सभापति लामिछाने

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति