काठमाडौँ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
उहाँले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0