विपद् पूर्वतयारी र सुशासनलाई प्राथमिकता दिन सांसद पन्तको आग्रह
राष्ट्रिय समाचार समिति

असार ३१, २०८३

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसद कमला पन्तले विपद् पूर्वतयारी र सुशासनमा जोड दिनुभएको छ ।

उहाँले कृषि उत्पादन वृद्धि, सुशासन, विपद् व्यवस्थापन, श्रमिक अधिकार र महँगी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सांसद पन्तले रासायनिक मलको अभावमा किसान पिरोलिएका र सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन प्रभावित भएको बताउँदै किसानलाई प्राथमिकतामा नराखेसम्म मुलुकको अर्थतन्त्र बलियो हुन बताउनुभयो ।

No data was found

सांसद पन्तले मन्त्रिपरिषद्बाट स्वीकृत सदाचार नीतिको उद्देश्य भ्रष्टाचार नियन्त्रण, नैतिक विचलन न्यूनीकरण र सुशासन कायम गर्नु हो भन्दै उक्त नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सरकारी क्षेत्रसँगै नागरिक, विधायिका, वित्तीय तथा कूटनीतिक क्षेत्रसम्म सदाचार नीति पालना हुनुपर्ने उहाँको भनाइ थियो ।

मनुसुनका कारण मुलुक बाढी, पहिरो र डुबानको जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुखको नियुक्ति तत्काल गर्न माग गर्नुभयो ।

उहाँले जोखिमयुक्त क्षेत्र र राजमार्गको स्पष्ट पहिचानसहित समयमै पूर्वसूचना प्रवाह गर्नुपर्ने बताउँदै नेपालले तयार पारेको ‘अर्ली वार्निङ फर अल’ सम्बन्धी रणनीतिक योजना सरकारले शीघ्र अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

उपराष्ट्रपति यादवबाट कतारका अमिरसमक्ष समवेदना पत्र हस्तान्तरण

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

किसानलाई सावधानी अपनाउन आग्रह

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति